आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

भगवतीद्वारा भूकम्प पीडितका लागि रक्तदान

  • प्रकाशित मिति : बुधबार, कार्तिक २२, २०८०


भगवतीद्वारा भूकम्प पीडितका लागि रक्तदान

२२ कार्तिक, बुटवल । पछिल्लो समय जाजरकोट केन्द्र विन्दु भएर गएको भूकम्प र सो भूकम्प प्रभावित क्षेत्रका अस्पतालमा रगत अभाव हुन नदिने उद्देश्यले अर्घाखाँची भगवती रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तसञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

भूकम्पबाट घाइतेहरूको उपचार भइरहेका क्षेत्रका विभिन्न अस्पतालमा रगत अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आकस्मिक रक्तदान कार्यक्रम गरेको समाजका अध्यक्ष तारा प्रसाद पाण्डेले बताए । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक मानवीय सहायताको क्रममा कुनै पनि कुराको अभाव नहोस् सम्पर्क समाजले केही गर्न सकौं भन्ने उद्देश्यका साथ घाइतेहरूलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको पाण्डेको कथन छ।
कार्यक्रममा बुटवल आसपास क्षेत्रमा बसोबास गर्ने रक्तदाताहरूबाट ७१ युनिट रगत संकलन भएको समाजका सदस्य नमराज पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra