बुधबार, साउन ९, २०८१ Wednesday 24th of July 2024

गौतमबुद्ध स्वास्थ्य सेवा सहकारीको वार्षिक साधारणसभा सम्पन्न

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : शुक्रबार, पुस २७, २०८०


गौतमबुद्ध स्वास्थ्य सेवा सहकारीको वार्षिक साधारणसभा सम्पन्न

२७ पुस । बुटवल । गौतमबुद्ध स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड बुटवलको बाह्रौं वार्षिक साधारणसभा शुक्रबार उद्योग संघ बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन समारोहमा बोल्दै संस्थापक अध्यक्ष पूर्व स्वास्थ मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले आमजनताको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनका लागि गौतमबुद्ध स्वास्थ्य सेवासहकारी उपयुक्त माध्यम भएको बताए । श्रेष्ठले स्वास्थ्य सेवा आम जनताका पहुँचमा पुर्‍याउनका लागि सहकारीलाई विकल्पका रुपमा अगाडि बढिरहेको बताए ।

साधारणसभामा सस्थाको संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष डा. रोहितराज क्षेत्रीले पेस गरेका थिए । क्षेत्रीले बिगतमा नेपाल सरकारले अघि सारेको तीन खम्बे अर्थनीतिअन्तर्गत सहकारी आर्थिक विकासको मुख्य मेरुदण्ड रहेको तर वर्तमान समयमा सरकारको नीति परिवर्तन हुँदा केही अप्ठ्यारा आइपरेको बताए । क्षेत्रीले आगामी दिनमा गौतमबुद्ध स्वास्थ्य सेवा सहकारीले यस ठाउँको स्वास्थ्य क्षेत्रको विकासमा थप योगदान दिने बताए ।

गौतमबुद्ध स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले लगानी गरेको देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल बहादुर पोख्रेलले मेडिकल कलेजलाई स्तरीय रूपमा अगाडि बढाउन आफुसंग तात्कालिन, माध्यकालिन र दृर्घकालिन योजना भएको बताउँदै यति विशाल स्वास्थ्य सहकारीसंग विगत देखि हातेमालो गरेर अगाडि बढ्न पाउँनु ठूलोकुरा भएको बताए । मायादेवी इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष श्री खेम प्रसाद लुईटेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभामा हरि प्रसाद घिमिरेले कोषाध्यक्षको प्रतिवेदन, भवानी प्रसाद सुवेदीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गरेका थिए । प्रस्तुत प्रतिवेदनहरुमा केही परिमार्जन सहित सर्वसम्मत पारित भए ।

कार्यक्रम संस्थाका अध्यक्ष डाक्टर रोहितराज क्षेत्रीको अध्यक्षता, संस्थापक अध्यक्ष पूर्व स्वास्थ मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता उपाध्यक्ष पदम प्रसाद श्रेष्ठको स्वागत मन्तव्य, उपस्थित सम्पूर्णलाई धन्यवाद संस्थाका उपाध्यक्ष टंक प्रसाद पराजुलीले दिए र सचिव युवराज घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra