शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

नेपाल औषधि ब्यवसायी संघ लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा

  • प्रकाशित मिति : शनिबार, चैत्र १०, २०८०


नेपाल औषधि ब्यवसायी संघ लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा

नेपाल औषधि ब्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबारदेखि रुपन्देही बुटवलमा सुरु भएको छ । कार्यक्रम उद्घाटन गर्न उपस्थित औषधि ब्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले मानव जीवनसंग जोडिएको विषय औषधि भएको हुँदा यो महत्वपूर्ण रुपमा लिएर नियगमनलाई प्राथमिकता दिईने गरेको बताए ।

उत्पादक कम्पनीमा असल अभ्यासको कमी रहेको भन्दै अनुगमन गर्ने क्षेत्रमा मात्र गुनासो गर्नु गलत भएको उनले बताए । नेपालमा उत्पादन भएको औषधिले काम गर्दैन भन्ने गलत सोच वा बाहिरबाट ल्याईएको औषधि नै गुणस्तरीय हुन्छ भन्ने सही नहुने उनको कथन छ ।

‘एनओसीको नाममा गलत अभ्यास भएको छ’—उनले भने । यो ब्यवसायीहरुको हितमा भएपनि गलत प्रयोग भएको उनले दुखेसो गरे । अनुगमनकै नाममा केही उद्योगको बिक्री बढाउने काम गर्नु अवैज्ञानिक र अब्यवहारिक भएको ढकालले बताए । भारतमा १ देखि ३ महिनामात्र स्टकको समयावधि रहेको छ । जबकी नेपालमा न्युनतम एक वर्ष लाग्ने हुँदा पनि आर्थिक भार पर्ने गरेको उनले दाबी गरे । मूल्य समायोजन गर्ने गरी गरिएको निर्णयप्रति नै विवाद उत्पन्न भएको उनले बताए । स्वच्छ मूल्य निर्धारण नियमावली ड्राफ्ट भएको भन्दै उनले मूल्य तोक्ने विषयमा समितिको स्वरुपलाई सिफारिस गरिएको बताए ।

कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवालले देशको आवश्यकता र माग अनुसार नीति निर्माण गर्न जरुरी रहेको बताए । सरकारले बिमाको रकम रोक्ने काम गर्दा यसको आम नागरिकमा असर पर्ने हुँदा यस विषयमा गम्भीर हुनुपर्ने उनले बताए । पुर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले औषधी ब्यवसायीहरुको आवश्यकता अनुसार सरकारको उत्पादनको नीति हुनुपर्ने बताए । कार्यक्रममा संघका अध्यक्ष शिव ज्ञवालीले वर्षभरि ब्यावसायिक हितमा र सामाजिक क्षेत्रमा गरेको कामको बारेमा जानकारी गराएका थिए ।

नेपाल उद्योग परिसंघका पुर्व केन्द्रीय अध्यक्ष तथा औषधी उत्पादक हरिभक्त शर्माले युवा विदेश पलायनको वर्तमान अवस्थालाई रोक्न जरुरी रहेकोे बताए । बजारमा अस्वस्थ प्रतिस्पर्धाको कारण वर्तमान कठिन अवस्था आएको भन्दै उनले राष्ट्रिय स्वाभिमान नभएको र नागरिकलाई रोजगार दिन नसक्ने देशका रुपमा पहिचान बनाउँदै गएको दुखेसो गरे ।

औषधि राम्रो र गुणस्तरीय बनाउन नियमित अभ्यास जरुरी रहने भन्दै सस्तो निर्णयका कारण चुनौतीहरु थपिने क्रम बढेको उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले धेरै क्षेत्रमा विकृति रहेको भन्दै यसको सुधारमा सरकारको ध्यान जानुपर्ने बताए । कार्यक्रममा रुपन्देही शाखाका निवर्तमान अध्यक्ष सुरज भट्टराईले भौगोलिक बनावटका हिंसाबबाट पनि कठिन लुम्बिनी प्रदेशमा संघबाट भएको कार्य उत्कृष्ट रहेको बताए ।

कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघ केन्द्रीय सचिव कृष्ण रोकाया, नेपाल च्याम्बर अफ कमर्श लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेल, संघका विशेष सल्लाहकार डा।रोहितराज क्षेत्री, संघका सल्लाहकार शेर बहादुर थापा, पुर्वअध्यक्ष निर्मलध्वज श्रेष्ठ, संघका महासचिव लुकराज न्यौपानेले ब्यवसायीहरुलाई एकतावद्ध गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

यसैगरी कार्यक्रममा प्रदेशबाट यसवर्ष उत्कृष्ट कार्यसम्पादन गरेका जिल्लाहरु क्रमशः गुल्मी जिल्ला तेस्रो, दाङ जिल्ला दोस्रो तथा रुपन्देही जिल्ला प्रथम भएकोमा सम्मान गरिएको थियो । जग्गादाताहरुलाई समेत सम्मान गरिएको थियो । अधिवेशन आइतबार सम्पन्न हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra