शनिबार, साउन ९, २०८३ Saturday 25th of July 2026

औंषधि ब्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्षमा लुकराज न्यौपाने

  • प्रकाशित मिति : आइतवार, चैत्र ११, २०८०


औंषधि ब्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्षमा लुकराज न्यौपाने

बुटवल, ११ चैत।
नेपाल औंषधी ब्यवसायी संघ, लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट लुकराज न्यौपानेको अध्यक्षता १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ। आइतबार रूपन्देहीमा सम्पन्न अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्ष अभय कुमार बस्नेत, थोक उपाध्यक्ष सुदिप खड्का, खुद्रा उपाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, महासचिव प्रकाश ज्ञवाली, कोषाध्यक्ष थानेश्वर ज्ञवाली, सचिव ईन्द्र प्रसाद भट्टराई (विष्णु), उपकोषाध्यक्ष थानेश्वर अर्याल तथा थोक सदस्यहरुमा मो. ज्याउल हक हल्वाई, विज्ञानध्वज श्रेष्ठ, खुद्रा सदस्यहरुमा बैकुण्ठ प्रसाद कोईराला, राकेशचन्द्र कुमाल, महिला सदस्य प्रभा भण्डारी, खुलासदस्यहरुमा धर्मराज भट्टराई, निम कुमार राउत, धन बहादुर केसी, कृष्ण प्रसाद पौडेल रहेको प्रमुख निर्वाचन अधिकृत दामोदर घिमिरेले बताए। यसैगरि संघको सदस्यमा जुवानन्द बेल्बासे मनोनित गरिएको नवनिर्वाचित अध्यक्ष लुकराज न्यौपानेले बताए। अध्यक्ष न्यौपानेले ब्यवसायीलाई संस्थागत रुपमा एकजुट गरि ब्यावसायीक हकहितको काम गर्ने प्रतिवद्घता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra