बिहिबार, चैत्र ६, २०८१ Thursday 20th of March 2025

सिएमए समाज- नेपालको तेस्रो पुनर्मिलन

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : शनिबार, कार्तिक २४, २०८१


सिएमए समाज- नेपालको तेस्रो पुनर्मिलन

कार्तिक २४ । बुटवल ।
सिएमए तालिम केन्द्र बुटवलको तेस्रो ब्याज (२०५२/५३) को तेस्रो पुनर्मिलन कार्यक्रम लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभाषद् भोजप्रसाद श्रेष्ठको प्रमुख अतिथ्यतामा होटल न्यु इरा बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष दलबहादुर गुरुङले राखेको ‘सामुहिक कार्य प्रस्ताव’ माथि आफ्नो बिचार राख्दै प्रमुख अतिथि श्रेष्ठले स्वास्थ्य सम्बन्धित व्यक्तिहरुको संस्थाले स्वास्थ्य क्षेत्रमै सामुहिक सेवामूलक कार्यक्रमका विकल्प पेश गर्दै अगाडि बढ्न सुझाए । श्रेष्ठले स्वास्थ्य र शिक्षाको क्षेत्रमा राज्यले उचित लगानी नगरेसम्म वास्तविक विकासको महसुस जनताले अनुभूत गर्न नसक्ने बताए ।

भेलाले स्वास्थ्य समृद्धिका लागि फाउन्डेसन स्थापना गर्न भीष्मराज भुसालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । जसका सदस्यहरुमा भागिरथ राना, सीता पराजुली, बुद्धिप्रसाद पन्थ र मणि पंगेनी रहेका छन् । कार्यदलले सो विषयमा अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन बुझाउने छ । भेलाले आगामी चैत १५ र १६ गते प्युठानको स्वर्गद्वारीमा चौथो पुनर्मिलन कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । भेलाले संस्थाका अध्यक्ष दलबहादुर गुरुङ लुम्बिनी प्रदेश सरकारको शिक्षाविज्ञमा नियुक्त भएकोमा बधाई ज्ञापन समेत गरेको छ । भेलाको औपचारिक कार्यक्रम समापन पश्चात् बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेको छ । कार्यक्रममा सहभागीलाई भागिरथ रानाले स्वागत गरेका थिए भने महेश चापागाईंले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra