काठमाडौं : नेपाल सरकारले करीब १ बर्षदेखि रिक्त रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा ज्ञवालीलाई सदस्य सचिव पदमा नियुक्त गरेको हो ।
डा ज्ञवाली त्रिवि महाराजगञ्ज मेडिकल क्याम्पसका सह प्राध्यापक हुन् । डा ज्ञवाली यस अघि परिषदका कार्यकारी सदस्य भएका थिए ।