शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

नेपालमा कोरोनासँग लक्षण मिल्ने बिरामीको संख्या २ सय १ पुग्यो

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : बुधबार, माघ २९, २०७६


नेपालमा कोरोनासँग लक्षण मिल्ने बिरामीको संख्या २ सय १ पुग्यो

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-३ को गुम्बा बस्तीमा कोरोना भाइरससँग लक्षण मिल्ने शंकास्पद रोगको लक्षण देखिएकाे छ । गाउँपालिकाले साेमबार सूचना जारी गर्दै संक्रमणबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराएको छ ।

अत्यन्त जरुरी भनिएको पत्रमा लेखिएको छ, ‘विश्वमा फैलिइरहेको नोभल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्याधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परीक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले स्वास्थ्य पत्रलाई जानकारी दिए अनुसार गुम्बामा तीन दिनदेखि उक्त संक्रमण फैलिएको छ । सुरुमा स्कुले बालबालिकामा देखिएको संक्रमण अहिले गाउँका २०१ जनामा फैलिएको छ ।

बिकले भने, वडाले जानकारी गराउने वित्तिकै हामीले यहाँबाट औषधिसहित स्वास्थ्यकर्मीकाे टाेली पठायौं । वडाकै स्वास्थ्य इकाइ तथा पालिकाबाट गएको टोलीको सहयोगमा बिरामीलाई औषधि खुवाएपछि बिरामीलाई अलि कम भएको जानकारी पाएका छौं ।’

उनकाअनुसार अहिले जिल्ला जनस्वास्थ्य, जिल्ला अस्पताल तथा गाउँपालिकाको टोली भाइरल प्रभावित गाउँ गुम्बा जाँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra