शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

लुम्बिनी प्रादेशिक अस्पताल अत्याधुनिक सुविधा सम्पन्न बन्दै

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : शनिबार, फाल्गुन ३, २०७६


लुम्बिनी प्रादेशिक अस्पताल अत्याधुनिक सुविधा सम्पन्न बन्दै

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल हेलीप्याड सहितको १० तले नयाँ भवन निर्माण हुने भएको छ । नयाँ भवन निर्माणका लागि प्रदेश सरकारले गुरुयोजना निर्माणको कामलाई तिब्रता दिइरहेको छ ।

५ नं. प्रदेश सरकारको मातहतमा रहेको अस्पतालले गुरुयोजना निर्माणको काम अन्तीम चरणमा पुर्याएको छ । नयाँ बन्न लागेको गुरुयोजना तथा आधुनिक सुविधा सम्पन्न भवन निर्माणबारे शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल सम्पन्न भएकोछ ।

मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा सामाजिक बिकास मन्त्री,आन्तरिक मामिला तथा कानुन मन्त्री, भौतिक पुर्वाधार मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, मन्त्रालयका सचिवहरु, बुटवल उपमहानगरपालिकाका प्रमुख, मुख्य न्यायधिवक्ता, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष, प्रमुख मेडिकल सुपरिटेण्डेन तथा पत्रकारहरुका बिच बताए बमोजिम छलफलमा प्रस्तुत प्रारम्भिक गुरुयोजनाअनुसार अस्पतालमा सबै विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि आधुनिक भवनको डिजाइन गरिएको छ । गुरुयोजनाको लागत ६ अर्बको हुनेछ । अस्पताल १२ सय शैयाको हुनेछ । भवनको अगाडिको भागमा अत्याधुनिक ओपिडि, ईमरजेन्सी, ईन्डोर सर्भिस कक्ष रहनेछन । साथै बिशिष्टीकृत ग्याष्ट्रो, न्युरो, कार्डियो लगाएतका सवै बिशेषज्ञ सेवा प्रदान गरिने पनि अस्पतालका मे.सु. राजेन्द्र खनालले बताए । उक्त सुविधा सम्पन्न भवनको माथि हेलिप्याड समेत रहनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बन्नेछ ।

प्रदेश नं. ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले नयाँ भवन सुबिधा सम्पन्न र प्रदेशको नमुना अस्पताल बन्ने बताए । लुम्विनी प्रादेशिक अस्पतालको नेतृत्व र सरोकारवालासंग प्रस्तुत भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra