शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

आयुर्वेद चिकित्सा परिषद्को लाइसेन्स परीक्षामा ५९ % उत्तीर्ण

  • ✍️ नमराज भट्ट
  • प्रकाशित मिति : बुधबार, फाल्गुन ७, २०७६


आयुर्वेद चिकित्सा परिषद्को लाइसेन्स परीक्षामा ५९ % उत्तीर्ण

काठमाडौ : नेपाल आयुर्वेद चिकित्सा परिषदद्वारा लिईएको आयुर्वेद चिकित्सकहरुको लाईसेन्स परीक्षामा ५९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परिषदद्वारा गत फागुन ३ गते काठमाडौँमा संचालित ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी (बी.ए.एम्.एस्.) विषयको लाईसेन्स परीक्षाका कुल ३९ परीक्षार्थी सहभागी मध्ये २३ जना मात्र उत्तीर्ण भएका हुन् ।

गत वर्षदेखि सुरु भएको परिषद्को लाइसेन्स परीक्षामा ६ महिना इन्टर्नसीप पुरा गरेपछि विद्यार्थीहरुले भाग लिन पाऊँछन् ।

नेपालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत दुई वटा र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत तिन वटा कलेजमा बी.ए.एम्.एस्. को पठनपाठन हुदैंआएको छ । भारतबाट पनि बी.ए.एम्.एस्. अध्ययन गरेर आउने विद्यार्थीहरुको संख्या उल्लेखनीय मात्रमा छ ।

हालसम्म आयुर्वेद चिकित्सा परिषदमा ७२९ जना आयुर्वेद चिकित्सक दर्ता भएका छन् । काउन्सिलको स्थापना वि.सं. २०४५ सालमा भएको हो।
यस अघि काउन्सिलले भदौ १४ गते लिएको लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra