बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रूपन्देहीको अध्यक्षमा कार्की

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९, २०७६


नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रूपन्देहीको अध्यक्षमा कार्की

बुटवल : नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रुपन्देहीको अधिबेशन फाल्गुन ९ गते शुक्रबार सम्पन्न भएको छ । ५ औं जिल्ला अधिबेशनबाट दिपक बहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको सचिवमा बाबुराम खनाल, कोषाध्यक्ष अम्बिका अर्याल तथा सदस्यहरुमा जीता थापा, डिल्लीराम ज्ञवाली, पटेश्वर चौधरी, जीवन पोख्रेल, यमलाल भुसाल र गायत्री ज्ञवाली रहेका छन । अधिवेशनको लुम्बिनी आयुर्वेद अस्पताल बुटवलका प्रमुख डा. नलिननाथ तिवारीले उद्घाटन गरेका थिए ।
डा. नलिननाथ तिवारी संयोजक तथा यमलाल भट्टराई र माधव बस्याल सदस्य रहेको निर्वाचन समितिले सो नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रुपन्देहीको गठन गरेको कुरा केन्द्रीय सदस्य तथा निर्वाचन समिति सदस्य यमलाल भट्टराईले जानकारी दिए । अधिवेशन जिल्ला अध्यक्ष ध्रुवराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra