काठमाडौं : नेपाल स्वास्थ्यकर्मी युनियनको आयोजनामा महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ मन्दिर परिसर गौशाला क्षेत्रमा करिब ७ सय भन्दा बढीको नि:शुल्क स्वास्थ चेकजाँच सम्पन्न भएको छ । शिविरमा नि:शुल्क औषधि बितरण गर्नुको साथै नि:शुल्क खानाको ब्यबस्था गरिएको थियो । डा. सङम खैजु , उज्ज्वल कुमार शर्मा, प्रमेन्द्र देव, बिजय देव, र नर्सहरु लगायत १५ जना स्वास्थ्यकर्मीले सेवा दिएको कुरा नेपाल स्वास्थ्यकर्मी युनियनका सचिब प्रमेन्द देवले स्वास्थ्य पत्रलाई बताए ।