डडेल्धुरा : अहिलेको मौसम चिसो छ यसको अर्थ हो लामखुट्टेको बिगबिगी कम छ तर गर्मीयाम सुरु नहुँदै डडेल्धुरामा डेंगुका बिरामी फेला परेका छन् ।
डडेल्धुराको अमरगढी नगरपालिका-६, दुमडाका एक बिरामीमा डेंगुको लक्षण पाइएको डडेल्धुरा अस्पतालले बताएको छ।
अस्पतालका ल्याब प्रमुख ईश्वरीप्रसाद भुसालले बताए बमोजिम दुमडाका एक जना बिरामी डडेल्धुरा अस्पतालमा उपचार गराउन आउँदा चेकजाँचपछि उनमा डेंगुको लक्षण भेटिएको हो । ती बिरामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
गत वर्ष डडेल्धुरामा १२ जनामा डेंगुको प्रभाव देखा परेको डडेल्धुरा अस्पतालको तथ्यांक छ ।