शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

कोरियामा कोरोना भाइरसको बिगबिगी, सजग रहन दूतावासको अनुरोध

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : आइतवार, फाल्गुन ११, २०७६


कोरियामा कोरोना भाइरसको बिगबिगी, सजग रहन दूतावासको अनुरोध

काठमाडौं : नेपालीहरुको रोजाईको रोजगारीको केन्द्र दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेसँगै कोरियास्थित नेपाली दूतावासले नेपालीलाई सहज रहन अनुरोध गरेको छ ।

सन् २००८ देखि हालसम्म नेपालमा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ६५ हजार ८ सय ४५ नेपाली कोरिया पुगेका छन्। भने अध्ययन र व्यवसाय गर्ने नेपाली पनि त्यहाँ बसोबार गरिहेका छन् । नेपालीलाई सजग रहन दूतावासले अनुरोध गरेको हो ।

पछिल्ला दिनहरुमा कोरियामा भाइरसबाट संक्रमित हुनेको संख्यामा तीव्र वृद्धि भएको छ। थेगु सहरमा सबैभन्दा बढी संक्रमित भएका छन्।

कोरोनाको संक्रमणबाट हालसम्म ४ जनाको मृत्यु भइसकेको कुरा समचार माध्यमहरुले बताएका छन् । एकै दिनमा संक्रमित हुनेको संख्या दोब्बर वृद्धि भएको छ । संक्रमित हुनेहरुको संख्या पाँच सय ५६ पुगेको दूतावासले जनाएको छ ।

कोरिया सरकारले अवैधानिक रुपमा बसोबास गरेकालाई कोराना भाइरसको शंका लागेमा स्वास्थ्य परीक्षणका गर्न पक्राउ नगर्ने र भिसा सकिएकालाई ५० दिनको अतिरिक्त भिसा थपिदिने भएको छ।

कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य संस्थाबाट जारी भएका सुरक्षा उपायहरु अबलम्बन गर्न दूतावासले नेपालीहरुलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra