शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

नेपाल नेशनल हस्पिटलमा फर्टिलिटी सेन्टर उद्घाटन

  • ✍️ नमराज भट्ट
  • प्रकाशित मिति : बुधबार, फाल्गुन १४, २०७६


नेपाल नेशनल हस्पिटलमा फर्टिलिटी सेन्टर उद्घाटन

काठमाडौं : काठमाडौंको कलंकीमा रहेको नेपालनेशनल हस्पिटलमा फर्टिलिटी सेन्टर बुधबार उद्घाटन गरिएको छ । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले उक्त सेन्टरको एक समारोहबीच उदघाटन गरे ।

निसन्तान हुँदाको पीडा भयानक हुने बताउँदै तिमिल्सनाले पुरुष या महिलामा हुने बाँझोपनको समस्याले पारिवारिक विग्रह ल्याउने गरेको बताउनु भयो। निसन्तानको समस्याले महिलाहरु बढी पीडित हुने गरेको बताउँदै तिमिल्सनाले निसन्तान दम्पतिका लागि नेपाल नेशलन फर्टिलिटी सेन्टरले जागरण तथा गुणस्तरीय उपचारका लागि काम गर्ने बिश्वास व्यक्त गरे ।नेपालको स्वास्थ्य क्षेत्रका सन्दर्भमा रहेको अबिश्वासको कुरिती संकटलाई चिर्दै नेपालमै गुणस्तरीय स्वास्थ्य सेबा सम्भव छ भन्ने सन्देश प्रबाह गर्न सकेमा स्वास्थ्य क्षेत्रको विकास हुन सक्ने तिमिल्सना बताए । स्वदेशीलाई मात्र होइन विदेशी नागरिकलाई पनि नेपालका स्वास्थ्य क्षेत्रप्रति विश्वास दिलाउने दिशातर्फ नेपालका स्वास्थ्य संस्था अग्रसर हुनुपर्ने तिमिल्सनाले बताए ।

हस्पिटलका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. प्रकाश पौड्यालले अस्पतालले स्थापनाकालदेखि नै विभिन्न सेवाको बिस्तार गर्दै आइरहेको बताए । अस्पतालले छोटो समयमै राम्रो स्वास्थ्य सेवा प्रवाह गर्न सफल भएको उनले दाबी गरे । पौडयालले बाँझोपनाको समस्या नेपालको हकमा बिकराल रहेको भन्दै फर्टिलिटी सेन्टरको स्थापना अस्पतालको सेवा बिस्तारका अतिरिक्त निसन्तान दम्पतिका लागि सन्तान प्राप्तिको उपचार महंगो भएको भन्ने धारणालाई केलाउदै उपचारलाई सर्बसुलभ बनाउने उद्वेश्यले निर्देशित भएको बताए ।

अस्पतालकी फर्टिलिटी सेन्टर प्रमुख डा निकिता ढकालले नेपालमा हरेक ६ जोडी मध्ये एकजोडी निसन्तानको समस्याबाट प्रभावित रहेको बताईन् । निसन्तानको समस्याले डिप्रेसन, एनजाइटी, पारिवारिक बिग्रह तथा सामाजिक वहिष्करण जस्ता समस्या समेत निम्त्याउने गरेको ढकालले बताईन् ।न्यूनतम शूल्कमा सर्वसाधारणलाई सेवा प्रदान गर्ने तथा ठाउँ ठाउँमा बाँझोपन निदान सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने स्थापित नेपाल नेशनल फर्टिलिटी सेन्टरको ध्येय रहेको डा. ढकालले बताईन् । कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भोला रिजाल, राष्ट्रिय सभा सदस्य गंगा बेल्बासे, प्रदेश सांसद केशब पोखरेल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्ले तथा अस्पताल संचालक समितिका अध्यक्ष रामचन्द्र शर्माले लगायतले बधाई दिनु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra