बुधबार, माघ २, २०८१ Wednesday 15th of January 2025

कोरोना भाईरसको अति उच्च जोखिमको सूचीमा नेपाल पर्यो

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६, २०७६


कोरोना भाईरसको अति उच्च जोखिमको सूचीमा नेपाल पर्यो

काठमाडौँ : विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस (कोभिड- १९)को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ ।

विश्व स्वास्थ्य संगठन(डव्लुएचओ)को मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङ पछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो ।

‘नेपाल मात्रै होइन, डव्लुएचओले अहिले दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । यसबाहेक अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन्,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले भने ।

यसअघि डव्लुएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो ।
नेपालमा अहिलेसम्म शुरुमा एक जना बाहेक कसैलाई संक्रमण देखिएको छैन् । तर विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको यो भाइरस यदि नेपाल छिर्यो भने त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जोखिमको सूचीमा राखेको महानिर्देशक श्रेष्ठले बताए ।

डव्लुएचओले अति उच्च जोखिममा राखेको जानकारी पाए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पूर्व तयारीलाई थप तिब्रता दिइएको बताएको छ । उसले विभागसंग समन्वय गरी तयारीलाई तिब्रता दिएको जानकारी दिएको हो । विभागले देशव्यापी रुपमा कोरोना विरुद्धको अभियानमा लाग्न भन्दै अबको १५ दिन अरु कार्यक्रममा नलाग्ने र नगर्ने घोषणा गरिसकेको छ ।

महानिर्देशक श्रेष्ठले भने, ‘अहिले आत्तिनु पर्ने अवस्था त होइन तर विभिन्न देशमा फैलिएको यो भाइरसको सम्भावित प्रकोप रोक्नका लागि हामी थप उच्च सतर्कतामा बस्नै पर्ने भयो । त्यसैले पूर्वनिर्धारित तालिम गोष्ठि, कार्यक्रम सबै स्थगित भएको छ । हामी सबै महाशाखालाई विभिन्नरुपमा कोरोनाविरुद्धको अभियानमा परिचालन गर्दैछौँ ।,’

उनले आम सर्वसाधारणलाई आत्तिई हाल्नुपर्ने अवस्था नभएपनि सतर्कतामा भने रहनुपर्ने बताए । उनले विदेशमा रहेका आम नेपाललाई पनि सतर्क र सुरक्षित रुपमा रहन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra