शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

मन्त्रीस्तरीय कोरोना रोकथाम समिति गठन

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : आइतवार, फाल्गुन १८, २०७६


मन्त्रीस्तरीय कोरोना रोकथाम समिति गठन

मन्त्रीस्तरीय कोरोना रोकथाम समिति गठन

काठमाडौं- विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको रोकथाम तथा निराकरण गर्न रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सरकारले मन्त्रीस्तरीय समिति गठन गरिएको छ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणका लागि भएका कामबारे जानकारी लिँदै समिति गठन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

कोरोनाको निरन्तर अनुगमन र निगरानी गर्नका लागि गठन भएको समितिमा गृहमन्त्री, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, कृषिमन्त्री, स्वास्थ्य मन्त्री र अर्थ र सञ्चारमन्त्री सदस्य छन्।

बैठकले जनस्वास्थ्य र अर्थतन्त्रमा पर्न सक्ने असर बारे विस्तृत अध्ययन गरी विश्लेषण गर्ने, जनचेतना अभिवृद्धि गर्नेलगायतका निर्णयसमेत गरेको छ ।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा नै ठूलो असर पर्ने विश्लेषण यसअघि नै सार्वजनिक भईसकेको छ।

विश्वभर कोरोनाको जोखिम बढेको भन्दै सरकारले सबै देशमा पर्यटन वर्ष २०२० लक्षित सबै खाले कार्यक्रम तत्कालका लागि स्थगित गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra