काठमाडौं : फागुन १९ गते मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भई फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएका छन् ।
उनलाई भान्जी समिक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन । समीक्षा बुधबार डिस्चार्ज भइसकेकी हुन् ।
अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओली प्रधानमन्त्री निवास बालुवाटर गएका हुन्।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो । यसअघि उनको १२ वर्ष पहिले भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।