काठमाडौं : फागुन १९ गते मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भई फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भए लगत्तै सामाजिक सञ्जाल ट्विटरमा लगातार २ वटा ट्विट गरेका छन ।
उनले पहिलो ट्विट यस्तो लेखेका छन ।
“अस्पतालमा रहंदा मेरो स्वास्थ्यलाभकाे कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका मित्रहरू एवं सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाईहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।”
त्यसैगरी दोस्रो ट्विट यस्तो छ । “बाह्र दिन लामाे अस्पताल बसाइपछि मृगाैला प्रत्याराेपण गरेर म आज आफ्नो निवासमा फर्केकाे छु । मेराे मृगौलाको सफल प्रत्याराेपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी छु ।”