शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

चिनियाँ शैलीमा चितवनमा : ७२ घण्टामा बन्यो ७० बेडको अस्पताल

  • स्वास्थ्यपत्र सम्बाददाता
  • प्रकाशित मिति : बिहिबार, चैत्र ६, २०७६


चिनियाँ शैलीमा चितवनमा : ७२ घण्टामा बन्यो ७० बेडको अस्पताल

विश्वभर महामारी रुपमा कोरोना संक्रमणलाई मध्यनजर गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै अस्पताल तयार भएको छ । कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि ७० शैयाको अस्थाई अस्पताल निर्माण सम्पन्न गरिएको हो ।

अस्पतालका प्राविधिक संयोजक डा. भोजराज अधिकारीले जानकारी दिए अनुसार उद्योग संघको प्रदर्शनी केन्द्रमा ‘भरतपुर कोरोना विशेष अस्पताल’ बनाइएको हो । अधिकारीले ७० बेडबाट विस्तार गरेर ३ सय बेडसम्मको अस्पताल बनाउन सकिने जानकारी दिए ।

अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित ७० शैयाको अस्पताल बनाइएको हो । आइसीयू र एचडीयू बेड तयार गर्न केही दिन लाग्ने भएपनि अन्य बेड बिहीबार नै तयार पारिएको छ । कोरोना फैलिएपछि छिमेकी मुलक चीनले उहान शहरमा १० दिनमा एकहजार बेडको अस्पताल बनाएर विश्वलाई चकित बनाएको थियो । भरतपुरमा पनि त्यसकै झल्को दिनेगरी ७२ घण्टामा ७० बेडको अस्पताल निर्माण गरिएको हो ।
भरतपुर कोरोना विशेषअस्पताल शुक्रबारबाट विरामी भर्ना गर्न मिल्ने तयार पारिएको हो । कोरोनाको शंका लागेका विरामीलाई मात्र त्यहाँ राखिनेछ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले महानगरको उद्देश्य अनुसार निर्धारित समयमै अस्पताल निर्माण सम्पन्न गरिएको जानकारी दिइन् । उनले ५० वेड तयार भैसकेको भन्दै वाँकी आइसियु लगायतका बेड २,३ दिनभित्र तयार हुने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra