शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

बुटवलको धागो कारखानामा सय शैयाको कोरोना विशेष अस्पताल

  • स्वास्थ्यपत्र सम्बाददाता
  • प्रकाशित मिति : शुक्रबार, चैत्र ७, २०७६


बुटवलको धागो कारखानामा सय शैयाको कोरोना विशेष अस्पताल

स्वास्थ्यपत्र : बुटवलको बन्द अवस्थामा रहेको धागो कारखानालाई अस्थायी अस्पतालका लागि प्रयोग गरिने भएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल–१० स्थित कारखानामा कोरोना भाइरसका संक्रमितलाई राख्ने गरी आइसोलेनस अस्पतालको रुपमा प्रयोग गर्न लागिएको हो ।

बुटबल उपमहानगर पालिका नगरप्रमुख शिवराज सुवेदीको पहल र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईसहित प्राविधिक, विशेषज्ञको टोली शुक्रवार बिहानैदेखि स्थलमा खटिएको छ ।

बुटवलमा क्वारेन्टाइनका लागि १ सय कोठा तयार पारिएका छन् भने आइसोलेसनका लागि धागो कारखानामा करीब १०० सैयाकाको अस्पताल तयार पार्न लागिएको छ । प्रादेशिक अस्पताल, निजी तथा सामुदायिक अस्पतालको समेत सहकार्यमा बुटवल कोरोना विशेष (अस्थायी) अस्पताल निर्माणको काम तीब्र पारिएको सुवेदीले जानकारी दिए ।

बुटवल उपमहानगरले सामुदायिक र निजी अस्पतालका सञ्चालकलाई बोलाएर आपतकालीन अवस्थालाई मध्यनजर गर्दै तयार रहन आग्रह गरेको थियो । लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखानाको एउटा ब्लकलाई अस्पतालको मापदण्ड अनुसार तयार पारेर फिनिसिङ गर्ने काम भइरहेको सुवेदीले बताए ।

हाल आइसोलेसनसँगै बाहिरी क्षेत्रमा घेरवार लगाउने, शौचालय बनाउने र भवन परिसरलाई नै संक्रमणरहित बनाउनेतर्फ लागेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालका फोकलपर्सन र विशेषज्ञलाई समेत निरीक्षण गराएर आइसोलेसन तयार पार्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra