शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

बीरगञ्जका शिवशंकरलाई कोरोना भाइरसको संक्रमण भेटियो, परिवारजन होम क्वारेन्टाइनमा

  • स्वास्थ्यपत्र सम्बाददाता
  • प्रकाशित मिति : आइतवार, चैत्र ९, २०७६


बीरगञ्जका शिवशंकरलाई कोरोना भाइरसको संक्रमण भेटियो, परिवारजन होम क्वारेन्टाइनमा

बीरगञ्ज : पर्साको वीरगञ्जका शिवशंकर रूङ्गटालाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले ४ दिन अघि पटना गएका रुङ्गटालाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी आएको बताए ।

बीरगञ्जका प्रतिष्ठित व्यापारी रूङ्गटामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।

उनलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो ।

६ दिन अघि उनलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित उनले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाए पछि उनलाई गण्डक अस्पताल लगिएको थियो ।

साथै पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यो विषयको पुष्टि गर्दै परिवारजनलाई होम क्वारेन्टाइनमा राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra