आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

नेपालमा एक युवती कोरोना संक्रमित भएको पुष्टि

  • स्वास्थ्यपत्र सम्बाददाता
  • प्रकाशित मिति : सोमवार, चैत्र १०, २०७६


नेपालमा एक युवती कोरोना संक्रमित भएको पुष्टि

काठमाडौं: फ्रान्सबाट फर्केकी एक नेपालीलाई कोरोना भाइरस पुष्टि भएको छ। उनको हाल टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन्।

उनी १९ वर्षीय विद्यार्थी रहेकाे बताइएको छ। उनको सम्पर्कमा रहेका केही व्यक्तिलाई पनि निगरानी राखिएको देवकोटाले बताए।

उनी यही चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन्। ६ जनाकाे नमूना परीक्षण गरिएकोमा १ जनाकाे रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

यसैबीच विदेशबाट आएका ७१ जनालाई क्वारेन्टाइनमा राखिएको पनि प्रवक्ता देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra