शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

बुटवल कोरोना विशेष अस्पतालको थप तयारी

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : मङ्लबार, चैत्र ११, २०७६


बुटवल कोरोना विशेष अस्पतालको थप तयारी

बुटवल : चैत ११ गते मंगलबार बुटवलको धागो कारखानामा रहेको बुटवल कोरोना विशेष (अस्थायी ) अस्पतालमा प्रदेश नं ५ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकले बुटवल कोरोना विशेष (अस्थायी ) अस्पतालमा १० बेडको ICU बनाउने साथै स्तरीय अस्थायी ल्याब बनाउने निर्णय गरेको छ ।

अस्पतालमा हाल ३ जना बिरामी रहेका मध्ये १ जनामा कोरोना नेगेटिभ २ जनाको रिपोर्ट आउन बाकी रहेको बताइएको छ ।

उक्त तयारी समितिमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे, प्रमुख जिल्ला अधिकारी महादेव पन्त, सामाजिक बिकास मन्त्रालयका स्वास्थ माहाशाखा प्रमुख, देवदह मेडिकल कलेजका प्रमुख र सदस्य सचीवमा लुम्बिनी प्रादेशिक अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल साथै विशेष आमन्त्रित सदस्यहरुमा अर्थ, उद्योग, पर्यटन समिति सभापति दधिराम न्यौपाने, प्रदेश सभासद भोज प्रसाद श्रेष्ठ र लुम्बिनी प्रादेशिक अस्पताल ब्यवस्थापन समिति अध्यक्ष सुर्य बहादुर भट्टराई रहेको कुरा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीका सोकिय सचिव कृष्ण कुमालले स्वास्थपत्रलाई बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra