आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

मुसिकोट गुल्मीमा कोरोना विपद विशेष आर्थिक संकलन सुरु

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : मङ्लबार, चैत्र ११, २०७६


मुसिकोट गुल्मीमा कोरोना विपद विशेष आर्थिक संकलन सुरु

गुल्मी : मुसिकोट नगरपालिका वार्ड नं. २, ३ र ४ गुल्मीमा संयुक्त रूपमा कोरोना विपद समिति मार्फत आर्थिक संकलन कार्यलाई तिब्रता दिइएको छ ।

नोवेल कोरोना (कोभिड-१९)को लक्षणसंग मिल्दाजुल्दा बिरामी देखिएको खण्डमा आर्थिक अभावमा कसैलाइ समस्या नपरोस साथै यातायात सेवा भनेको बेला सजिलैसङ्ग प्रयोगमा ल्याउन तथा अन्य कुरामा साहयता होस भन्ने हेतुले कोष खडा गरिएको वार्ड नं .- ३ का अध्यक्ष तथा कोषका संयोजक कर्णध्वज जि.सि.ले बताए । समितिमा तीन वटै वडाका वडाध्यक्षहरु, स्वास्थ्य चौकीहरुका प्रतिनिधि तथा नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाका अध्यक्षको प्रतिनिधित्व रहेको छ ।

उक्त कोषमा आज पहिलो दिन मुसिकोट नगरपालिका २ नं. वडा कार्यलयले रु २५०००/- , ३ नं. वडा कार्यलयले रु २५०००/- , ४ नं. वडा कार्यलय रु २५०००/- , सुर्योदय कन्स्ट्रक्सन मुसिकोट नगरपालिका – ३ (तुल्सी बहादुर रायमाझी) ले रु १५०००/ न्यु लिजा कन्स्ट्रक्सन मुसिकोट नगरपालीका – २ (महेन्द्र घिमिरे) ले रु १५०००/- र नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाले रु ५०००/- गरि रु १,१०,०००/- जम्मा भएको वार्ड नं ३ निवासी समुन्द्र बिक्रम रायमाझीले बताए । साथै कोषमा रकम जम्मा गर्न चाहने देश विदेशमा रहेका मनकारी दानविरहरुले संयोजक कर्णध्वज जि. सी. ९८५७०६१९८१, सचीव मनोज श्रेष्ठ ९८४७२६८३२१, वार्ड नं २ का अध्यक्ष लक्ष्मण खत्री ९८६७२६२५६१, वार्ड नं ४ का अध्यक्ष ओम बहादुर के. सी.९८४६२९६०९०, सदस्य गुप्त बहादुर कार्की ९८४७३५७८४८, मधु थापा ९८४७२६८३२१ तथा नगर कार्यपालिका सदस्य सरस्वती घिमिरेलाई सम्पर्क गरि विपतको सामना गर्ने यो शुभकार्यमा हातेमालो गर्न अपिल गरिएको छ ।

विगतमा देशमा आइपरेका विपतको समयमा राहत कोषको नाममा संकलित रकम तथा सहयोग सामाग्रीको दुरुपयोग भएको कुरालाई मध्यनजर गर्दै एकद्वार प्रणालीमा आर्थिक सहयोग संकलन गर्न केन्द्र सरकारले आह्वानलाई पनि मध्यनजर गर्दै उक्त विपत कोष खडा गरिएको बताउँदै संयोजक जि. सी. ले संकलित राहत स्थानीयलाई प्राथमिकता दिदै अन्यत्र जहाँ आवश्यक पर्छ त्यहीँ पारदर्शी हिसाबले खर्च गरिने बताए ।

साथै कोरोना भाइरस सम्बन्धि केही समस्या देखिएमा पनि तुरुन्त सम्पर्क गर्न र घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको जि. सी. ले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra