शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

भैरहवामा कोरोना परीक्षण प्रयोगशाला बन्दै

  • स्वास्थ्यपत्र सम्बाददाता
  • प्रकाशित मिति : बिहिबार, चैत्र १३, २०७६


भैरहवामा कोरोना परीक्षण प्रयोगशाला बन्दै

बुटवल : अहिले काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र परिक्षण गर्दै आइएको कोरोना परिक्षण केन्द्र अब भैरहवामा हुने भएको छ ।
प्रदेश ५ सरकारले भैरहवामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको हो ।

भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा प्रयोगशाला बनाउन थालिएको बताइएको छ । प्रयोगशाला बनाउन गहुँबाली अनुसन्धान केन्द्रको एउटा भवन निश्चित गरी काठमाडौंबाट विशेषज्ञ प्राविधिक बोलाइएको र रियल टाइम पीसीआर मेसिन लगायत उपकरण जडान गरेपछि एक हप्ताभित्रमा प्रयोगशालामा सञ्चालनमा ल्याउन सकिने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजेन्द्र गिरीले बताए ।

देशभर अन्यत्र कोरोना परीक्षण प्रयोगशाला नहुँदा काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउनुपर्ने बाध्यता रहेको छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भने ‘कोरोना मात्र नभई अन्य संक्रामक रोगहरुको परीक्षणका लागि पनि प्रयोगशाला चाहिने भएकाले अन्तर्राष्ट्रिय मापदण्डको र सुविधासम्पन्न बनाउँदै छौं,’ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra