शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

भारतमा ८ करोड परिवारलाई तीन महिना निःशुल्क दाल, चामल र ग्यास

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : बिहिबार, चैत्र १३, २०७६


भारतमा ८ करोड परिवारलाई तीन महिना निःशुल्क दाल, चामल र ग्यास

नयाँ दिल्ली : भारतमा २१ दिने लकडाउनको कडाईका साथ पालना गराउन सरकारले आर्थिक प्याकेज घोषणा गरेको छ । भारतकी वित्तमन्त्री निर्मला सितारामनले आज गरेको घोषणा अनुसार ८ करोड ३० लाख परिवारले निःशुल्क खाना पकाउने ग्यास सिलिन्डर पाउनेछन् ।

गरिब कल्याण योजना अन्तर्गत तीन महिनासम्म प्रत्येक परिवारको सदस्यले पाँच केजी चामल र एक केजी दाल प्रति महिनाका दरले निःशुल्क पाउनेछन् । प्याकेज १७ खर्ब भारतीय रुपैयाँ रहेको छ । जसमा कोरोना भाइरसका संक्रमितको उपचारमा खटिने चिकित्सकका लागि ५० लाख भारुको बिमा समेत छ ।

भारत सरकारले २१ दिन लकडाउन गरेपछि नागरिकको जीवन सहज बनाई दैनिक उपभोग्य सामाग्रीको आपूर्ति गराउन यस्तो योजना ल्याएको हो ।

त्यहाँ कोरोना भाइरसको संक्रमित र मृत्यु हुनेको संख्या बढेपछि लकडाउन लम्बिने सम्भावनालाई दृष्टिगत गरी आर्थिक प्याकेज घोषणा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra