सोमवार, साउन ४, २०८३ Monday 20th of July 2026

बुटवल काेराेना विशेष (अस्थायी) अस्पतालमा एक जनाको मृत्यु

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : आइतवार, चैत्र १६, २०७६


बुटवल काेराेना विशेष (अस्थायी) अस्पतालमा एक जनाको मृत्यु

बुटवल- कोरोना भाइरसको संक्रमणकाे आशंकामा रुपन्देहीकाे बुटवलस्थित धागो कारखानामा रहेको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ।

कोरोना विशेष अस्पताल स्रोतका अनुसार क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक जनाको मृत्यु भएको हो । उनी १३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए ।

उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । उनी चैत ८ गते वैदेशिक रोजगारीबाट नेपाल आएका थिए। उनी दुबईबाट नेपाल आएका थिए। बिरामीकाे मृत्यु भएपछि जनता ससंकित छन भने अहिले अस्पतालकाे बैठक बसेकाे छ। बैठकपछि थप जानकारी गराइने भएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra