आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

कोरोनाको शंका लागे यी २५ अस्पताल जानुहोस (अस्पतालको सूचीसहित)

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : मङ्लबार, चैत्र १८, २०७६


कोरोनाको शंका लागे यी २५ अस्पताल जानुहोस (अस्पतालको सूचीसहित)

ज्वरो आउने, सुख्खा खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुनु काेराेनाकाे स‌म्भावित लक्षण हुन । याे माैसमी रुघाखाेकीकाे पनि लक्षण हाे त्यसैले तपाईको लक्षण कोरोनाको संभावित लक्षणसँग मिलेको छ कि छैन भनेर सरकारले फिभर क्लिनिक संचालनको लागि तोकेको नजिकैको हब अस्पतालमा जानु पर्छ ।

धेरै मानिसमा कोरोना लागेको शंका लागेमा कहाँ जाने भनेर अलमल्लमा परेका छन् । कोरोनाको यकिनन् लक्षणलाई मानिसहरु कतिपय समय छुटाउन नसक्दा सिधै मुख्य अस्पतालमा जाँदा झनै उल्टै स्वास्थ्यमा ठूलो चुनौती बन्ने सक्ने प्रबल सम्भावना छ ।

सरकारले फिभर क्लिनिक संचालनको लागि देशभर २५ हब अस्पताल तोकेको छ । कोरोना लागेको शंका लागेका व्यक्तिहरु सरकारले तोकेको यी २५ अस्पतालमा जान सक्नेछन् ।

ताेकिएका ती अस्पतालबाट कोरोनाको लक्षणहरु मिल्न गएपछि मात्र ल्याबमा परीक्षणको लागि लैजाने व्यवस्था मिलाइको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड १९ बारे मन्त्रालयको नियमित ब्रिफिङमा बताएका थिए ।

फिभर क्लिनिकले तपाईको अवस्था जाँचेपछि लक्षण मिल्न भएको अवस्थामा ल्याबमा नमुना परीक्षणको लागि पठाईनेछ ।

फिभर क्लिनिक संचालनको लागि तोकिएका २५ हब अस्पतालहरु

१. जनकपुर अन्चल अस्पताल
जनकपुर उपमहानगपालिका, धनुषा

२. गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल
राजविराज नगरपालिका, सप्तरी

३. सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल
अमरगढी नगरपालिका, डढेलधुरा

४. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
पोखरा लेखनाथ महानगरपालिका, कास्की

५. मेची अञ्चल अस्पताल
भद्रपुर नगरपालिका, झापा

६. राप्ती अञ्चल अस्पताल
तुलसीपुर उपमहानगरपालिका, दाङ

७. राप्ती उपक्षेत्रीय अस्पताल
घोराही उपमहानगरपालिका, दाङ

८. धौलागिरी अञ्चल अस्पताल
बागलुङ नगरपालिका, बागलुङ

९. पाटन स्वास्थ्य विज्ञान एकेडेमी
ललितपुर महानगरपालिका, लगनखेल

१०. नारायणी उपक्षेत्रीय अस्पताल
विरगंज महानगरपालिका, पर्सा

११. भेरी अञ्चल अस्पताल
नेपालगंज उपमहानगरपालिका, बाँके

१२. धुलिखेल अस्पताल
धुलिखेल, नगरपालिका, काभ्रे

१३. बी.पी. कोइराला स्वास्थ्य विज्ञान संस्थान
धरान उपमहानगरपालिका, सुनसरी

१४. मध्य पश्चिमी क्षेत्रीय अस्पताल
विरेन्द्रनगर नगरपालिक, सुर्खेत

१५. कोशी अञ्चल अस्पताल
विराटनगर महानगरपालिका, मोरङ

१६. भक्तपुर अस्पताल
भक्तपुर नगरपालिका, भक्तपुर

१७. भरतपुर अस्पताल
भरतपुर महानगरपालिका, चितवन

१८. बीर अस्पताल
काठमाडौं महानगरपालिका

१९. त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल
काठमाडौं महानगरपालिका

२०. श्री वीरेन्द्र अस्पताल
काठमाडौं महानगरपालिका

२१. सिभिल सेवा अस्पताल
काठमाडौं महानगरपालिका

२२ लुम्बिनी अञ्चल अस्पताल
बुटवल उपमहानगरपालिका, रुपन्देही

२३. स्वास्थ्य विज्ञान कर्णाली एकेडेमी
चन्दननाथ नगरपालिका, जुम्ला

२४. सेती अञ्चल अस्पताल
धनगढी उपमहानगरपालिका, कैलाली

२५. महाकाली अञ्चल अस्पताल
भिमदत्त नगरपालिका, कन्चनपुर

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra