आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

फुलबारीको रक्तदान

  • स्वाथ्यपत्र संवाददाता
  • प्रकाशित मिति : सोमवार, असार ३०, २०७६


फुलबारीको रक्तदान

बुटवल, ३० असार
फुलबारी गाईज बुटवलले सोमबार बुटवलमा नियमित कार्यक्रम अन्तरगत वृहत रक्तदान कार्यक्रम गरेको छ । रक्त संचार केन्द्र बुटवलमा रगत अभाव देखिएपछि सोमबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रमको एक समारोहका बिच नेपाल रेडक्रस सोसाइटीका प्रदेश नं ५ का महासचिव कृष्ण पंगेनीले उद्घाटन गर्दै देशमा बाढिपहिरोको समस्या आईरहेको र रगतअभाव हुने समय भएकाले यस्तो समयमा रक्तदान कार्यक्रम प्रभावकारी हुने बताए । गाईजका अध्यक्ष शिव रानाले निस्वार्थ सेवा भावना गर्दै आएको बताए । कार्यक्रममा मायादेवि टेक्निकल सेन्टरका अध्यक्ष चिरन्जिवी जोशी, रुपन्देही फुटवल संघका केन्द्रीय सदस्य दीर्घ बहादुर केसी, संस्थापक तथा सल्लाहकार अध्यक्ष हसन्त लामा, मुक्तिराज पौडेल, सुजन पुन, महासचिव तेज बहादुर रानाले स्थानिय श्रोत साधनमा नै ठुला कार्यक्रम गरि सामाजिक गतिविधि गरेर नमुना काम भएको बताए ।
कार्यक्रमको संयोजक सुमित गुरुङले एक सय ४ युनिट रगत संकलन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra