शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

प्रदेश-५ बाहेक सबै प्रदेशमा कोरोना परीक्षण सुरू

  • प्रकाशित मिति : बिहिबार, चैत्र २०, २०७६


प्रदेश-५ बाहेक सबै प्रदेशमा कोरोना परीक्षण सुरू

प्रदेश-५ बुटवलबाहेक सबै प्रदेशमा कोरोना परीक्षण सुरू भएको छ। बुटवलमा शुक्रबारदेखि परीक्षण सुरू गर्ने तयारी रहेको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए।

सरकारले डेढ घण्टामै कोरोना परीक्षण गर्न मिल्ने पोर्टेवल पिसिआर मेसिन पाँच वटा प्रदेशलाई वितरण गरेको छ।

प्रदेश-१ को धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने बुधबारबाटै परीक्षण सुरू भइसकेको छ। प्रयोगशालाले पहिलो लटमै १२ जनाको परीक्षण गरेकोमा सबैको नतिजा नेगेटिभ आएको थियो।

प्रदेश-२ को जनकपुरमा पनि आजैदेखि परीक्षण सुरू गर्ने तयारी भएको सामाजिक विकास मन्त्री नवलकिशोर साहले बताए।

‘मेसिन जडान भइरहेको छ। आजैदेखि परीक्षण सुरू गर्छौं,’ उनले भने।

प्रदेश-४ को पोखरामा पनि बुधबार साँझदेखि परीक्षण सुरू गरिएको छ। सरकारले पोखरामा पनि चीनबाट ल्याएको पोर्टेवल पिसिआर नै दिएको थियो।

त्यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा पनि आजैदेखि परीक्षण सुरू हुने भएको छ।

पिसिआर मेसिन हिजो दिउँसो आइपुगेको र आजैदेखि परीक्षण सुरू गर्ने प्रदेश अस्पतालका मेसु डा. डम्बर खड्काले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशमा समेत आजैदेखि परीक्षण सुरू भएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए।

‘मेसिन हिजै जोडेको हो। आजदेखि परीक्षण सुरू गर्यौं,’ उनले भने।

योसँगै सबै प्रदेशहरूमा कोरोना परीक्षण सुरू भएको छ। अब प्रदेशहरूबाट जहाज र एम्बुलेन्समा स्वाब काठमाडौं पठाउनुपर्ने झन्झट टरेको छ।

सरकारले कोरोनाको परीक्षणको दायरालाई फराकिलो पार्नलाई चीनबाट पाँचवटा पोर्टेवल पिसिआर मेसिन ल्याएको हो।
सेतोपाटी बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra