बुटवल : कोरोना भाइरस कोभिड – १९को छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको छ । यसरी अब नेपालमा संक्रमितको संख्या ७ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले बताएको छ ।
तर पुन परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।