बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणले नछोएका देश कुन कुन हुन् ?

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : शनिबार, चैत्र २२, २०७६


कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणले नछोएका देश कुन कुन हुन् ?

काठमाण्डौ : उत्तर कोरिया, ताजकिस्तान, तुर्केमिनस्तान, यमन, दक्षिण सुडान, साओ टोम एण्ड प्रिन्सिपल्स, कोमोरोस, मलावी, लिसोथो र सोलोमन टापुमा भने अहिलेसम्म देखिएको छैन ।

विश्वका दुई सय पाँचवटा देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण यी देशमा देखिएको छैन ।
यी देशमा कोरोनाको परीक्षण नै नभएको हो वा सङ्क्रमित नै नभएको भने पुष्टि भएको छैन ।  चीन, अमेरिका, अस्ट्रेलिया, इटली, स्पेन र भारतसहित विश्वका शक्ति राष्ट्र कोरोनाले आक्रान्त हुँदा यी देशमा कोरोनाको प्रभाव शून्य छ ।
अहिलेसम्म कोरोना नदेखिएका देशहरुः

उत्तर कोरिया
उत्तर कोरिया कोरोना सङ्क्रमणको उद्गम थलो चीनसँग सीमा जोडिएको देश हो । चीनसँग सीमा जोडिएको अर्को देश दक्षिण कोरिया कोरोनाले आक्रान्त हुँदा उत्तर कोरिया भने कोरोनामुक्त रहेको त्यहाँको सरकारको दाबी छ । यसको सीमासँग जोडिएका रुस र जापानसमेत कोरोना प्रभावित छन् ।

तुर्कमेनिस्तान
तुर्कमेनिस्तान मध्य एसियामा रहेको देश हो । सन् १९९१ सम्म तुर्कमेन सोभियत समाजवादी गणराज्यको रूपमा सोभियत सङ्घको एक घटक गणतन्त्र थियो । यसको दक्षिण पूर्वमा अफगानिस्तान, दक्षिण पश्चिममा इरान, उत्तर पूर्वमा उज्बेकिस्तान, उत्तर पश्चिममा कजाकिस्तान र पश्चिममा केस्पियन सागर पर्छ ।

दक्षिण सुडान
पूर्वी अफ्रिकी देश दक्षिणी सुडान भूपरिवेष्ठित देश हो । यस देशको पूर्वमा इथियोपिया, पश्चिममा मध्य अफ्रिकी गणराज्य, उत्तरमा सुडान तथा दक्षिणमा केन्या, युगान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गो छन् ।

साओ टोम एण्ड प्रिन्सिपल्स
साओ टोम एण्ड प्रिन्सिपल्स अटलान्टाको भूमध्य रेखा र गिनीको खाडीसँग जोडिएको देश हो । यो टापु अफ्रिकाको दोस्रो सानो देश हो । यसको दक्षिण पश्चिममा अन्नोबान टापु, उत्तर पूर्वमा बायोको (इक्वेटोरियल गिनीको दुवै भाग) पर्छन् ।

ताजकिस्तान
ताजकिस्तान एसिया महादेशमा पर्ने भूपरिवेष्ठित देश हो । यो अफगानिस्तान, उज्वेकिस्तान, किर्गिजिस्तान र चीनले घेरिएको छ । तर यो देशमा आजसम्म कोरोना सङ्क्रमण देखिएको छैन ।

यमन
यमन पश्चिम एसियामा रहेको एउटा अरब देश हो । साउदी अरबको दक्षिणमा पर्ने यमनको पश्चिममा ओमन पर्छ ।

सोलोमन टापु
सोलोमन द्वीप पपुवा न्युगिनीको पूर्वमा मालेनेसियामा झण्डै एक हजार द्वीप समेटिएको देश हो । करिब २८ हजार ४ सय वर्ग किलोमिटरमा फैलिएको यो देशको राजधानी गुआडल क्यानल द्वीपमा रहेको होनिअरा हो ।

भानुआतु
भानुआतुु देश प्रशान्त महासागरमा पर्छ । यहाँ इसाई धर्मका मानिस बस्छन् । ६ प्रान्तमा विभाजित यो देशमा संसदीय प्रजातन्त्र छ । ८३ वटा टापु मिलेर यो देश बनेको छ ।

मलावी 
मलावी दक्षिणपूर्वी अफ्रिकामा रहेको भूपरिवेष्ठित देश हो । यसको उत्तरपश्चिममा जाम्बिया, उत्तरपूर्वमा तान्जिया र पश्चिममा मोजाम्बिक पर्छ ।

लिसोथो
लिसोथोको सीमाको अधिकांश भाग भ्याटिकन सिटी र सान मारियोसहित दक्षिण अफ्रिकासँग जोडिएको छ । यसको राजधानी मसेरु हो ।

कोमोरोस
यो देश हिन्द महासागरमा रहेको एक अफ्रिकी देश हो । यो देशको सीमासँग कुनै देश जोडिएको छैन । तर यो मोजाम्बिक र तान्जानियाको नजिकै अफ्रिकी तटमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra