बुटवल : राष्ट्रिय आविष्कार केन्द्रले कोरनाले देशमा विषम परिस्थिति बन्दै गएको अवस्थामा स्वास्थ्यकर्मीको हौसला स्वरुप रूपन्देही जिल्ला स्थित देवदह मेडिकल कलेजलाई ५ थान कोरोना संक्रमित जाँच्ने स्वास्थ्यकर्मीले लगाउने ब्यक्तिगत सुरक्षा उपकरण ( Personal Protective Equipment) पिपिई हस्तान्तरण गरेको छ ।
देवदह निवासी दलबहादुर बिरकट्टा र डब बहादुर गर्जुवा पुन मगरको पहलमा आविष्कार केन्द्रले पिपिई सेट कलेजका अस्पताल निर्देशक डा बिक्रम ज्ञवालीलाई लाई हस्तान्तरण गरिएको हो । सो हस्तान्तरण कार्यक्रममा कलेजका कम्पनी सचिव कृष्ण पराजुलीको पनि उपस्थिति रहेको थियो ।