शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

नेशनल प्याथ ल्यावले दियो प्रदेश ५ सरकारलाई कोरोना परिक्षण गर्ने मेसिन

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : शुक्रबार, चैत्र २८, २०७६


नेशनल प्याथ ल्यावले दियो प्रदेश ५ सरकारलाई कोरोना परिक्षण गर्ने मेसिन

बुटवल : बुटवलमा रहेको नेशनल प्याथ ल्यावले उच्च क्षमताको कोरोना परिक्षण गर्ने रियल टाइम पीसीआर मेसिन ५ नं प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

यस अघि ५ नं. प्रदेशमा दैनिक १४/१५ वटाको नतिजा दिने गरेकोमा यो मेशिन थपिएसँगै दिनमै साढे दुई सयको परीक्षणको नतिजा आउने दाबी नेशनल प्याथ ल्यावका म्यानेजिङ डाइरेक्टर पवन जोशीले गरे । जोशीले यो मेसिनको प्रयोगले परीक्षणको नतिजाले तीव्रता पाउने विश्वास आफुहरुले लिएको बताए ।

प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवाको गहुँबालीको कार्यालयमा सञ्चालन गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा प्रयोगमा आउने छ ।

१५ दिनका लागि उक्त मेसिन सहितका अन्य उपकरण समाजिक विकासमन्त्री सुर्दशन बराललाई हस्तान्तरण गरेको हो । समाग्री बुझ्दै मन्त्री बरालले विपत्तीका बेला सबैको सहयोग सरकारलाई आवश्यक रहेको र यो मेसिन तत्काल प्राविधिकहरुलाई उपलब्ध गराई सञ्चालनमा ल्याउने बताए ।

फोटो पवन जोशीको  फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra