बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

आखिर मजदुरहरु डिलक्स बस चढेर घर फर्किए

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : आइतवार, चैत्र ३०, २०७६


आखिर मजदुरहरु डिलक्स बस चढेर घर फर्किए

बुटवल : काठमाडौंदेखि पैदल यात्रा गरी बर्दिया जान आएका ७५ जना मजदूरलाई रूपन्देहीको सैनामैना नगरपालिकाले गाडीको व्यवस्था गरे पछि घरतर्फ लागेका छन ।

मजदुरहरु पाँच दिन लगाएर काठमाडौंबाट बुटवलसँग जोडिएको सैनामैना आइपुगेका हुन ।

शनिबार साँझ सैनामैनासम्म आइपुगेका उनीहरूलाई एक रात क्वारेन्टाइनमा राखेर घरसम्म पुर्‍याउने जिम्मा नगरप्रमुख चित्रबहादुर कार्की लिएका थिए ।

यसका साथै रूपन्देही आसपासका विभिन्न क्षेत्रमा निर्माण मजदुरका रूपमा काम गरिरहेका प्रदेश नं ५ लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका मजदुरहरूलाई पनि आइतबार यातायातको व्यवस्था मिलाई घर पठाइएको सैनामैना नगरपालिकाका नगरप्रमुख कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra