शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

पहिले नेगेटिभ रिपोर्ट आयो पुनः परिक्षणगर्दा कोरोना संक्रमण पुष्टि

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : सोमवार, बैशाख १, २०७७


पहिले नेगेटिभ रिपोर्ट आयो पुनः परिक्षणगर्दा कोरोना संक्रमण पुष्टि

धनगढी : कैलालीको लम्की चुहामा ५५ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

१७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।

क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइयो । तर पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

अब उनीहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।

कोरोना संक्रमण देखिएन भनेर घर पठाइएको व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको कैलालीको यो दोस्रो घटना हो । यसअघि चौथो संक्रमितको आफन्तलाई पनि सुरुमा क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै घर पठाइएको थियो । तर पछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra