शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

लकडाउन १२ दिन थपियो – वैशाख १५ सम्म हुने

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : मङ्लबार, बैशाख २, २०७७


लकडाउन १२ दिन थपियो – वैशाख १५ सम्म हुने

काठमाडौँ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।

एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि बढाएर सरकारले संक्रमण देखिदै गएपछि बढाउँदै लगेको हो। नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो ।
यस्तै, लकडाउनका कारण फँसेका र काम नहुँदा अलपत्र परेकालाई राजधानीबाट आआफ्ना घर जान दिने कि भन्ने विषयमा पनि मन्त्रिपरिषद्मा छलफल भएको थियो। स्रोतका अनुसार यसरी आवतजावत गर्न दिँदा लकडाउन खुकुलो हुने भएकाले यस्तो कुनै छुट नदिने पनि सरकारले निर्णय गरेको छ।

आजै छिमेकी भारतले लकडाउन १९ दिनका लागि बढाउने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra