काठमाडौं : सरकारले कोरोनाभाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणमा खटिन ३३ जना आवसीय चिकित्सकलाई शुक्रबार यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई सुदूरपश्चिमको धनगढी पठाएको हो ।
ती सबै सबै एमडिएमएस दोस्रो वर्षका विद्यार्थीहरु हुन सरकारी छात्रवृत्तिमा पढिरहेका आवसीय चिकित्सकलाई सुदूरपश्चिमका विभिन्न ठाउँमा खटिनको लागि पठाइएको स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले बताए ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ३३ जना डाक्टरहरु मध्ये १३ जना चिकित्सकलाई सेती प्रादेशिक अस्पताल र बाँकीलाई प्रदेशका अन्य जिल्लामा खटाइने जानकारी दिए ।