काठमाडौं : नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित संक्रमित संख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयले अहिले राती ८ बजे दिएको जानकारी अनुसार ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनी कोसी अस्पतालमा उपचाररत छन ।
३१ जनामा संक्रमण देखिए पनि ३ जना भने निको भइसकेका छन् । एक जना काठमाडौंबाट र एक जना बाग्लुङबाट शनिबार डिस्चार्ज भएका हुन् भने एक जना दुई महिना अघि नै डिस्चार्ज भइसकेका थिए।
शुक्रबार एकै पटक १४ नयाँ संक्रमित भेटिएका थिए भने आज १ जनामा देखिएपछि यो संख्या बढेर ३१ पुगेको हो।