शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

नेपालमा अर्को एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ३२ पुग्यो

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : मङ्लबार, बैशाख ९, २०७७


नेपालमा अर्को एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ३२ पुग्यो

काठमाडौं : मंगलबार उदयपुरका एक ३३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो ।

यसअघि उदयपुरमा १३ जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै उदयपुरमा मात्र कोरोना पुष्टि हुनेको संख्या १४ पुगेको छ । उदयपुरका अन्य केहीमा पनि कोरोना आशंका गरिएको छ । उनीहरुको स्वाब परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित कोसी अस्पतालमा पठाइएको छ ।

मंगलबार एक युवकमा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । चारजना भने निको भएर डिस्चार्ज भएका छन् । २८ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra