शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुग्यो

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : मङ्लबार, बैशाख ९, २०७७


नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुग्यो

काठमाडौं : नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जना र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ जना गरी ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मंगलबार दिउसो पनि एक जनामा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो। योसँगै मंगलबार नेपालमा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएका १० जनासहित नेपालमा ४१ जनामा कोरोना संक्रमण भेटिएको छ । यी मध्ये ४ जना उपचारपछि निको भइसकेका छन् ।

धरानमा परीक्षण गरिएका ९ जना पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका व्यक्तिहरु हुन् ।

उनीहरुको सुरुमा विराटनगरस्थित कोशी अस्पतालमा प्रयोगशाला परीक्षण गरिएको थियो । त्यहाँ पोजेटिभ आएपछि थप परीक्षणका लागि बिपी प्रतिष्ठानमा पठाइएको थियो । प्रतिष्ठानमा पनि उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra