शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

लायन्स क्लब अफ बुटवल क्षितिजले गर्यो बुटवल उपमहानगरपालिकालाई मास्क र पन्जा हस्तान्तरण

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बुधबार, बैशाख १०, २०७७


लायन्स क्लब अफ बुटवल क्षितिजले गर्यो बुटवल उपमहानगरपालिकालाई मास्क र पन्जा हस्तान्तरण

बुटवल : विश्वभरी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको विकराल स्थितिलाई मध्यनजर गर्दै लायन्स क्लब अफ बुटवल क्षितिजले बुटवल उपमहानगरपालिकामा दैनिक रुपमा सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारीहरु हरेक दिन फिल्डमा जानू पर्ने र कोरोना भाइरसको जोखिममा पर्न सक्ने कुरालाइ ध्यानमा राख्दै उनीहरुको स्वास्थ सुरक्षालाई केन्द्रित गरेर ६० थान N95 क्वालीटिको मास्क (पुनः प्रयोग गर्न मिल्ने), १०० थान सर्जिकल मास्क र २०० थान मेडिकल पन्जा हस्तान्तरण गरेको छ ।

लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष फवन लाकौलले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । सामाग्री ग्रहण गर्दै प्रमुख सुवेदिले यो महामारीको अवस्थामा क्लबले गरेको सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै यो जटिल अवस्थामा आफू पनि सुरक्षीत रहेर सहयोग र सचेतनाका कार्यहरूलाई निरन्तरता दिन आग्रह गर्नु भयो भने क्लबका अध्यक्ष फवन लाकौलले आगामी दिनमा पनि क्लबले आफू सक्दो विभिन्न सहयोग तथा सामाजिक सचेतना सम्बन्धि कार्यहरु गर्दै जाने बताउनु भयो । सो कार्यक्रममा जोन चियर पर्सन मिलन कुमार पुन , क्लबका सस्थापक अध्यक्ष राजिव श्रेष्ठ ,पुर्ब अध्यक्ष नारायण बहादुर थापा , प्रथम उपाध्यक्ष शंकर पाण्डे लगायत क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको लायन्स क्लब अफ बुटवल क्षितिजका द्वितीय उपाध्यक्ष आबिश्कार खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra