शनिबार, माघ १९, २०८१ Saturday 1st of February 2025

भारतमा स्वास्थ्यकर्मीलाई आक्रमण गरे सात वर्ष जेल

  • एजेन्सी
  • प्रकाशित मिति : बुधबार, बैशाख १०, २०७७


भारतमा स्वास्थ्यकर्मीलाई आक्रमण गरे सात वर्ष जेल

भारत सरकारले स्वास्थ्यकर्मीको सुरक्षाका लागि नयाँ अध्यादेश ल्याएको छ।

बुधबार सञ्चार तथा प्रसारण मन्त्री प्रकाश जावाडेकरले स्वास्थ्यकर्मीमाथिको आक्रमण असह्य हुने भन्दै आध्यादेश ल्याएको बताएका छन्।

‘महामारी रोग कानुनसम्बन्धी अध्यादेश क्याबिनेटले पास गरिसकेको छ। राष्ट्रपति प्रमाणीकरण गरेसँगै यो कार्यान्वयनमा आउँछ,’ उनले भने।

अध्यादेश कार्यान्वयन भएसँगै स्वास्थ्यकर्मीमाथि आक्रमण गरे दुईदेखि पाँच लाख भारूसम्म जरिवाना तिराइने र सात वर्षसम्म जेल सजाय हुन सक्ने जावाडेकरले बताए।

यसको अनुसन्धान ३० दिनमा सकिन्छ। यसमा दुई लाख जरिवाना तिराइनेछ,’ उनले भने,’गम्भीर घटना भए सात वर्षसम्म जेल र पाँच लाख जरिवाना तिराइनेछ।’

पछिल्लो समय भारतमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको थियो। यस्ता घटना बाहिरिन थालेपछि सरकारले अध्यादेश ल्याएको हो।

गृहमन्त्री अमित शाह र इण्डिया मेडिकल एसोसियसनबीच बैठक बसेपछि अध्यादेश ल्याइएको हो।

सरकारले सुरक्षाका लागि केही कानुन नल्याए स्वास्थ्यकर्मीले अप्रिल २३ तारिख कालो दिनका रूपमा मनाउने चेतावनी दिएका थिए।

भारतम बुधबारसम्म २० हजार बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६४५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra