भारतबाट आएका रौतहटका दुई युवकमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।
संक्रमित एकजना बृन्दावन नगरपालिकाका २४ वर्षीय अर्का संक्रमित देवाही गोनाही नगरपालिका-१ निवासी ३५ वर्षीय पुरुष हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ।