बुधबार तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो । तीनै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन्।