बुटवल : रूपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रूपन्देही र बाँकेमा दुई जना कोरोना संक्रमित भेटिएसंगै नेपालमा बिरामीको संख्या ५९ पुगेकाे छ । उनीहरू दुईमध्ये एकजना बांके नेपालगन्जका ६० बर्षिय र अर्का रुपन्देही काेटहीमाई गाउपालिका वडा न १ निवासी २५ वर्षिय पुरूष हुन् । उनी बैसाख ५ गते भारतकाे दिल्लीबाट नेपाल आएका थिए, उनकाे अहिले बुटवलको काेराेना विशेष अस्पतालमा उपचार भईरहेकाे छ ।