शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

जंगली च्याउ खाँदा रूपन्देहीमा एकै परिवारका ७ जना बिरामी

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : शनिबार, बैशाख २०, २०७७


जंगली च्याउ खाँदा रूपन्देहीमा एकै परिवारका ७ जना बिरामी

बुटवल : भैंसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् ।

गैडहवा गाउँपालिका– ४ मिनमिनवाका ४५ वर्षीय बद्री हरिजन १८ वर्षीया लक्ष्मी हरिजन,१२ वर्षीया अनिशा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षका रामानन्द हरिजन, ३५ वर्षीया सरस्वती हरिजन, र ७० वर्षीया कैलाशी हरिजन बिरामी परेका छन् ।

शुक्रबार राति च्याउ खाएका उनीहरुमा पेट दुख्ने र वान्ता हुने जस्ता समस्या देखिएपछि उनीहरु राति १२ बजे भीम अस्पताल भैरहवाको आकस्मिक कक्षमा भर्ना भएको अस्पतालका मेसु डाक्टर नवीन दर्नालले बताए ।

बिरामीको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra