मङ्लबार, साउन ५, २०८३ Tuesday 21st of July 2026

नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो – आज १७ जना थपिए

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : बुधबार, बैशाख २४, २०७७


नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो – आज १७ जना थपिए

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। यीमध्ये २२ जना उपचारपछि निको भएका छन्।

डा देवकोटाका अनुसार आज फेला परेका १७ जना संक्रमितमा २ महिनाको बच्चादेखि ६६ वर्षसम्म रहेका छन्। उनीहरु सबै पर्सा जिल्लाका हुन्। आज थपिएका १७ जनामा ७ जना महिला र १० जना पुरुष हुन्।

वीरगञ्जमा आज बुधबार थपिएका १७ जनालाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको छ। उनीहरुको अवस्था सामान्य रहेको डा देवकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra