शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

देवदह मेडिकलकलेजमा बिदाई कार्यक्रम सम्पन्न

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : आइतवार, साउन ५, २०७६


देवदह मेडिकलकलेजमा बिदाई कार्यक्रम सम्पन्न

कृष्ण गाउँले

देवदह साउन

देवदह मेडिकल कलेज देवदह ९ रुपन्देहीका सामान्य चिकित्सा तथा नर्सिङ तृतीय बर्षका विद्यार्थीहरु लाई प्रथम र द्वितीय वर्षका विद्यार्थी द्वारा विदाइ कार्यक्रम ॐ दर्शन पार्टी प्यालेस देवदहमा सम्पन्न भएको छ । विदाइ समारोहमा बोल्दै कालीकोटबाट पढ्न अाएर विदाइ हुदै गरेका भिम बहादुर दर्जीले जुकाको अौषधी तथा सिटामोलको अभावमा कालीकोट बासीले ज्यान गुमाउने साथै दक्ष स्वास्थ्यकर्मीको अभाव अझै रहेको अवस्थामा आफुले गाउँमै गएर स्वास्थ्य सेवा दिने बताए ।

सिन्धुपाल्चोक बाट पढ्न आएर विदाइ हुन लागेकि रेनुका भट्टराईले बिदाइ हुन लाग्दा मनमा कताकता दु:ख लागेपनि धेरै नयाँ ज्ञानगुनका कुरा सिक्ने अवसर देवदह मेडिकल कलेजले दिएकोमा खुसी लागेको बताईन ।

विदाइ समारोहका प्रमुख अतिथि डा रजनिस जिन्दल, कलेजका कार्यकारी अधिकृत ध्रुवप्रसाद खरेल, सञ्चालक हिमलाल ज्ञवाली, मुख्य प्रशासन अधिकृत माधब सापकोटा, बरिस्ठ प्रशासन अधिकृत बिनोद घिमिरे, एच.ए. संकाय संयोजक नारायण अधिकारी, नसिङ्ग प्रिन्सीपल सुनी राना लगायतले विदाइ भएर जान लागेका विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना सहित जिन्दगीमा कत्तिपनि हरेस नखाई अगाडि बढ्न शुभकामना ब्यक्त गर्दै नजिकै आएको अन्तिम परिक्षाको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

विद्यार्थी हस्मुल्लाह खानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम तारा गैरे र सपना इटानीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra