शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

भैरहवाको प्रयोगशालामा १ हजार किट आइपुग्यो

  • प्रकाशित मिति : शनिबार, बैशाख २७, २०७७


भैरहवाको प्रयोगशालामा १ हजार किट आइपुग्यो

बुटवल : प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा कोरोना परीक्षणका लागि चाहिने ‘आरएनए एक्स्ट्रयाक्सन’ किट आइपुगेको छ ।

किट सकिएको १ सातापछि १ हजार थान आइपुगेको प्रदेश ५ जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरिले बताए ।

किटले ८ सय सम्मको परीक्षण गर्न मिल्न‍े उनले बताए । ‘यसअघि आएको किटमा आवश्यक रसायन मिसिएरै आएकाले यहाँ केही थप काम नगरी परीक्षण गर्न मिल्ने थियो । यसपाली आएको किटमा रसायन मिसाउनुपर्ने भएकाले १ हजारले १ हजारलाई नै पुग्दैन,’उनले भने ।

किट आएसंगै स्वास्थ्य कार्यालय रुपन्देहीले पीसीआर परीक्षणका लागि शनिबार १ सय ९१ जनाको स्वाब संकलन गरेको छ । जिल्लाका ६ वटा पालिकाका क्‍वारेन्टाइनमा रहेकाहरुको स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।

उनका अनुसार स्वास्थ्यकर्मीको टोलीले कोटहीमाईबाट २६, सम्मरीमाईबाट ३१, मर्चवारीबाट ४०, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट ६२, रोहिणीबाट १५ र ओमसतियाबाट १७ जनाको स्वाब संकलन भएको छ । उनीहरु सबै भारतबाट आएका थिए । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra